कैलालीको जानकीमा १५ वर्षीय बालिका बलात्कृत

धनगढी  : कैलालीमा बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका– ७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

अमनमाथि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले अमनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुपलाई हिरासतमै राखेर थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.