धनगढी : सुदूरपश्चिम मोबाइल व्यवसायी संघको अध्यक्षमा सन्तोष मण्डल धानुक चयन भएका छन्। धनगढीमा सम्पन्न संघको तेस्रो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिअन्तर्गत वरिष्ठ उपाध्यक्षमा उमेश भट्ट र उपाध्यक्षमा सरताज आलम चयन भएका छन्। त्यसैगरी महासचिवमा निरज भट्ट, सचिवमा भानदेव जोशी तथा कोषाध्यक्षमा दीपक अग्रवाल चयन भएका छन्।
यस्तै, सह–सचिवमा गोविन्द मुखिया र सह–कोषाध्यक्षमा सुनील बम चयन भएका छन्। सदस्यहरूमा सुनिलबहादुर बम, दिनेश जैशी, लोकेरा सुतारी, दीपेन्द्र चौधरी, मनीष पाठक, पानसिंह धामी, शैलेन्द्र ग्वाल र ओमप्रकाश कुँवर रहेका छन्। संघका सल्लाहकारमा बिरेन्द्र थलाल र दीपक बहादुर देउवा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले संघलाई थप सक्रिय, सुदृढ र प्रभावकारी बनाउँदै व्यवसायीहरूको हकहित संरक्षणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।