अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले भेला आह्वान गरिएको छ । संघले जेठ २३ गते शनिबार बिहान १० बजे संस्थाको प्रांगणमा संघमा आवद्ध व्यवसायीहरुको भेला आह्वान गरेको हो ।
संघका विविध विषयमा छलफल गरी निकास निकाल्नुपर्ने भएकोले उपस्थित भइदिन उद्योगी, व्यवसायीहरुलाई संघले आग्रह गरेको छ ।
अत्तरिया उद्योग वाणिज्य संघले २०८० साल पुस २२ गतेदेखि प्रादेशिक महोत्सवको आयोजना गरेका थियो । महोत्सवमा नक्कली टिकट ठेली बरामद भएपछि संस्थामा विवाद बल्झिएको थियो ।
यस क्षेत्रका व्यवसायीहरुको साझा संस्था कैलालीको अत्तरिया उद्योग वाणिज्य संघ झण्डै साढे दुई वर्षदेखि बन्धक बनेको छ ।