रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनले बुधबार बिहान मोदीसँग भोटवार्ता गरेका हुन् । दुई नेताबीच राजधानी नयाँदिल्लीमा एक्ला एक्लै भेटवार्ता भएको हो ।

पाँच दिने भ्रमणका लागि सोमबार भारत भ्रमणमा गएका उनले त्यहाँका गृहमन्त्री अमित शाहसँग मंगलबार भेटवार्ता गरेका थिए।

त्यसैगरी मंगलबार नै उनले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन र भारतीय विदेशमन्त्री एस। जयशंकरसँग पनि संवाद गरेका थिए । मंगलबार साँझसम्म मोदीसँगको भेट अनिश्चित थियो । तर बुधबार बिहान उनले रविलाई भेट्ने समय निकालेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.