सात वटै प्रदेशका सभामुख, उपसभामुख टिकापुरमा

धनगढी  : अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा कैलालीको टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापिकामा सुरु भएको सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसंगै ७ वटै प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीकोअध्यक्षतामा सुरु भएको सम्मेलनको प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले उद्घाटन गरेका छन् । सम्मेलन आज र भोली दुई दिन सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.