अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–६ बडेहामा लागूऔषध (हेरोइन) कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी हवल्दार रमेश ऐरको नेतृत्वमा खटिएको टोलीले बुधबार साँझ करिब ५ः४० बजे गोदावरी–६ निवासी २५ वर्षीय सुनिल रानाको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा सिरानीमुनि लुकाइराखिएको अवस्थामा २०० मिलिग्राम हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेपछि रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका रानामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।