४४ औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण र नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढी  : ४४ औँ बीपी स्मृति दिवसको अवसरमा बीपी स्मृति केन्द्र, कैलाली ले धनगढी–१३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नेपाली समाज, लोकतन्त्र र राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए।

उनीहरूले कांग्रेसले बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा उतार्न सके जनताको विश्वास अझ सुदृढ हुने धारणा व्यक्त गरेका थिए।

बीपी स्मृति केन्द्र, कैलालीका अध्यक्ष प्रभाकर भण्डारी को अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जगतप्रसाद जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन केन्द्रका सचिव जयप्रकाश मिश्र ले गरेका थिए। यसै अवसरमा बीपी स्मृति केन्द्र, कैलालीको नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।

नयाँ कार्यसमितिमा प्रभाकर भण्डारी अध्यक्ष, रामबहादुर देउवा उपाध्यक्ष, जयप्रकाश मिश्र सचिव र कमल कडायत कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा प्रेमराज भण्डारी, सावित्री जोशी, हरिष खड्का, पूर्णनन्द जोशी, हरी ओझा, हरिप्रसाद भट्ट, राजेश अग्रवाल र नारायणप्रसाद सत्याल चयन भएका छन्।

कार्यक्रममा सहभागीहरूले बीपी कोइरालाको विचार, आदर्श र लोकतान्त्रिक मूल्य(मान्यतालाई नयाँ पुस्तामाझ पुर्‍याउँदै संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.