गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रविन्द्र खड्का चयन

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका स्थित गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रविन्द्र खड्का सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न संघको ९ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट संघको उपाध्यक्षमा बिस्ना देवी बोहरा, महासचिवमा दिलबहादुर खत्री, सचिवमा निर्मला पन्थी र कोषाध्यक्षमा लालबहादुर धामी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लोकेन्द्र सिंह, सुरेन्द्र बिष्ट, पवित्रा भण्डारी, डल्लु रानामगर, सीता चुनारा, रुपा गौतम र विजय सिंह धामी चयन भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.