निङ्गलाशैनी भगवती मन्दिरमा ५ सय भन्दा बढी पशुको बलि

बैतडी  : बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा हिजोदेखि सुरू भएको जात्रा आज सकिएको हो ।

घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा हिजोदेखि जात्रा शुरु भइ आज महाष्टमीका दिन बलिसहित जात्रा समापन भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । आज ३४६ रागाँ र २ सय ५० बढी बोकाको बली दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ ।

निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगि दर्शन गरेका छन् । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आएका भण्डारे बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.