आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

अत्तरिया  : दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

त्यसैले आज टीकाको दोस्रो दिन बिहीबार पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल बिहानैदेखि बढिरहेको छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ समाप्त हुन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.