
अत्तरिया : कैलालीका गोदावरी नगरपालिका–७ टेकुला रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सर–सफाई समितिको अध्यक्षमा खडकसिंह ओली निर्वाचित भएका छन । उनी नेकपा एमाले निकट हुन् ।
शनिबार भएको निर्वाचनमा प्रतिद्वन्द्वि मानबहादुर खातीलाई २ मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन । ओलीले ३४३ मत प्राप्त गरेका थिए भने खातीले ३४१ मत प्राप्त गरेका थिए । खाती नेपाली काँग्रेस निकट हुन् । शनिबार साझँ ५ बजे बाट सुरु भएको मत गणना मध्ये राति २ बजे सकीएको थियो
नयाँ कार्यसमितिका लागी दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । नेकपा एमालेबाट खडक ओलीको अध्यक्षमा र नेपाली कांग्रेसबाट खातीको अध्यक्षतामा दुई प्यानल चुनाव लडेको थियो । अध्यक्षमा एमालेबाट चुनाव लडेका ओली विजयी भएपनि अन्य पदहरुमा भने कांग्रेसबाट चुनाव लडेका खाती समुहबाट विजयी भएका छन । नयाँ कार्यसमितिको उपाध्यक्षमा खाती समुहकी जानकी देवी पाठक विजयी भएकी छन । उनले प्रतिद्वन्द्वी खडक सिँह सार्कीलाई पराजित गरेकी हुन । पाठकले ३३९ मत प्राप्त गरेकी थिईन भने सार्कीले ३२० मत प्राप्त गरेका थिए ।
यसैगरी कार्यसमितिको सचिव र कोषाध्यक्षमा पनि खाती समुहबाटै रमेश कुमार ओली र राम कोली विजयी भएका छन । उनीहरुले क्रमशः ३४० र ३४७ मत प्राप्त गरेका थिए । कार्यसमितिको सदस्यमा पनि ओली समुहका १ जना बाहेक सबै खाती समुहबाट विजयी भएका छन । सदस्यमा ओली समुहकी दुर्गा साउँद विजयी भएकी हुन भने खाती समुहबाट रविन्द्र थापा, जनप्रकाश शाहु, भिम बहादुर विष्ट र अम्बिका देवी खडायत विजयी भएका हुन् ।
