Agni Offset Press

राष्ट्रिय सभा निर्वाचन : एकीकृत समाजवादी सुदूरपश्चिमबाट यी नेतालाई  सिफारिस गदैँ 

Aarati simant

अत्तरिया : राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीका तर्फबाट सुदूरपश्चिम प्रदेशबाट पनि नेताहरूको नाम सिफारिस गरिने भएको छ।

खुल्ला, महिला र दलित कोटाबाट नेताहरूको नाम सिफारिस गरिने भएको नेकपा एस सुदूरपश्चिम प्रदेशले जनाएको छ।  खुल्लाबाट प्रदेश अध्यक्ष विक्रम शाही, हिक्मत साही र दिनेशचन्द्र सुवेदी महिलाबाट प्रदेश इन्चार्ज गरिमा शाह र दलितबाट गणेश विक लगायतका नेताहरुको नाम सिफारिस गरिने सम्भावना देखिएको जनाएको छ ।

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएको छ। भने यी दलहरू सँगै नेकपा एसले पनि प्रदेशबाट नाम सिफारिस गर्न लागेको हो । सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.