Agni Offset Press

राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा

Aarati simant

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले राष्ट्रियसभाको निर्वाचनमा सीट संख्याको भागबन्डा टुंग्याएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सीट संख्या बाँडफाँट गरी भागबन्डा मिलाएको हो।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी २० फागुनदेखि खाली हुने राष्ट्रियसभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

त्यसबाहेक एमालेबाट खाली हुने पदमा भने भागबन्डा गरिएको छ। एमालेबाट खाली हुने सीटमध्ये तीनवटा कांग्रेस, दुइटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सीट लिने गरी सहमति भएको ती नेताले बताए। आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुन लागेका हुन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.