Agni Offset Press

बडघर भलमन्सालाई न्याय सचेतना तालिम

Aarati simant

भजनी, १९ पुस : कैलालीको जोशीपुर गाउँपालिकामा पालिकास्तरीय बडघर भलमन्सालाई न्याय सचेतना सम्बन्धि २ दिने तालिम सुरु भएको छ । जोशीपुर गाउँपालिका न्यायिक समिति को आयोजनामा भएको कार्यक्रममा अध्यक्ष जोशीपुर गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक गिता कठरिया थिईन् ।
कार्यक्रमको प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी रहेका थिए । वडा नं १ वडा अध्यक्ष विधि राम चौधरी, कार्यपालिका सदस्य सुमित्रा थारु लगायत को सहभागिता रहेको थियो । कार्यक्रममा पालिका अन्तर्गतको बडघर भलमन्सा को सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षण गणेश कठायत ले दिइरहेका छन् । जनप्रतिनिधि र भलमन्सा नजिक सम्बन्ध रहेकोले असल समाज निर्माण तथा न्यायिक सचेतना का लागि तालिम आयोजना गरिएको सभा अध्यक्ष गिता कठरियाले बताइन् । जोशीपुर गाउँपालिकाले भलमन्सा प्रथा ऐन समेत पारित गरेको छ । कार्यक्रम संचालन उजुरी प्रशासक अमृता चौधरी ले गरेकी थिइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.