धनगढी : नसर्ने रोग सम्बन्धि स्वास्थ्यकर्मीलाई ४ दिने तालिम धनगढीमा सुरु भएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा विभिन्न स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरि तालिम सुरु भएको हो । स्टेप्स सर्वेक्षण २०१९ को नतिजा अनुसार सुदूरपश्चिम प्रदेशमा सयमा करिब २१ जनालाई उच्च रक्तचाप, ४ जनालाई मधुमेह र १०जनालाई उच्च कोलेस्रोल छ ।
त्यस्तै सयमै करिब ३३ जना सुर्तीजन्य पदार्थको सेवन र १८ जनाले धुम्रपान गरिरहेका छन् । पहिलो पटक धुम्रपन गरिरहेकाको औषत उमेर १७ वर्ष रहेको छ । सयमा ७ जनाले अत्याधिक मदिरा सेवन गरिरहेका छन । त्यस्तै सयमा ९ जनाले मात्रै अप्रयाप्त शारीररक गतिबिधि गर्ने रहेछन (प्रति हप्ता १५० मिनेट भन्दा कम समय मध्यम परिश्रम गर्ने वा सोरह ) । सयमा करिब ११ जना अधिक वजन वा मोटोपनाबाट ग्रसीत छन । यी त केहि प्रतिनिधित्व सूचकांक मात्रै हुन् ।
डब्ल्युएचओका अनुसा २०१८ को प्रतिवेदनअनुसार नसर्ने रोगको भार ६० प्रतिशत बाट बढेर ६६ प्रतिशत रहेको छ । त्यसैले नसर्ने रोग जोखिम न्यूनीकरणको लागि सवै सचेत तर सजग हुनु नितान्त आवश्यक छ । नियमित शारीरिक व्यायाम, योगा, स्वस्थकर खाना खानु, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मधयपानको सेवन नगर्नु नै मुख्य नसर्नेको रोगको जोखिम न्यूनीकरण गर्ने उपाय हुन ।
सबैले आ–आफ्नो जिवन निर्वाह गर्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ ו यस प्रदेशमा हिडाई र त्यसले स्वास्थ्यमा परिने प्रभावको बारेमा हालसम्म अध्ययन नभएको देखिन्छ । नेपाल जस्तो विकासोन्मुख देश र विश्वमा हिडाईसंग सम्बन्धीत अध्ययन अनुसन्धान भएका छन । उक्त अनुसन्धानले हिडाईबाट स्वस्थ व्यवहार प्रवर्द्धनका साथै व्याक्तिग स्वास्थ्यमा उल्लेखनीय प्रभाव पर्न सकिने देखाएको छ ।
विकसित मुलुकमा विहान वा बेलुका तिर सामान्य शारीररक व्यायाम स्वरूप हिड्ने दौडिने जस्ता क्रियाकलापहरु निकै प्रचनलत मानिन्छ । यिनै कुरालाई आत्मसातगरी नसर्ने रोगहरुको जोखिम न्यूनीकरण गर्न यस जिल्लामा पनि कार्यक्रमहरु भै रहेका छन् ו
नसर्ने रोगहरु न्यूनीकरण गर्ने कार्यकम संचालन गर्न पाइलट प्रोजेक्टको रुपमा यस सुदूरपश्चिम प्रदेसमा दुइ वटा (कैलाली र कंचनपुर) जिल्ला छनौटमा रहेका छन् । नसर्ने रोग न्यूनीकरणमा सबैको साझा दायित्व रहेको हुन्छ ו सामाजिक विकास मन्त्रालय, स्वास्थय निर्देशनालय, स्वास्थ्य कार्यालय, प्रशिक्षक, सहित अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु