कैलाली सहितका जिल्लामा फेरि सर्‍यो कांग्रेसको अधिवेशन

धनगढी : नेपाली कांग्रेसको १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन फेरि सरेको छ। जिल्ला अधिवेशन हुन नसकेको कैलालीसहितका सबै जिल्लामा माघ १५ गते निर्वाचन तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि २७ पुसमा जिल्ला अधिवेशन तोकिएको थियो।

राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्ला अधिवेशन सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए। राष्ट्रिय सभा सदस्यको निर्वाचन १२ माघमा हुँदै छ।

कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ। क्रियाशील सदस्यता विवादले १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.