जोशीपुरमा ५ दिवसीय मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम शुरु

अग्नी संवाददाता
जोशीपुर, २२ पुस : कैलालीको जोशीपुर गाउँपालिका न्यायिक समिति आयोजनामा ५ दिवसीय मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम शुरु भएको छ । जोशीपुर गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक गिता कठरिया सभा अध्यक्षता भएको कार्यक्रममा वडा नं ३ वडा अध्यक्ष किशोर कुमार कठरिया, वडा नं ४ वडा अध्यक्ष लखन लाल चौधरी, शिक्षा शाखा प्रमुख संग्राम सिह धामी, प्रशासन शाखा प्रमुख मिनराज कठरिया, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना मिश्र लगायत को सहभागिता रहेको छ । गाउँपालिका रहेका मेलमिलाप कर्ता, न्यायिक समिति सदस्य तालिममा सहभागीता रहेको छ । कार्यक्रमको संचालन उजुरी प्रशासक अमृता चौधरी ले गरेकी हुन् । तालिममा प्रशिक्षण अधिवक्ता गणेश कठायत र रोहित देउवाले दिइरहेका छन् ।
असल समाज को निर्माण तथा गाउँ घरका साना विवाद लाइ गाउँ मै समाधान गर्न तथा गाउँ मै जनता लाई न्याय सेवा प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको सभा अध्यक्ष एवम गाउँपालिका उपाध्यक्ष गिता कठरिया ले बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.