Agni Offset Press

विपन्न परिवारलाई न्यानो लुगा र शैक्षिक सामग्री

Aarati simant

धनगढी,२२ पुस : दारी ग्याङ धनगढीले दुई विपन्न परिवारलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा बस्दै आएकी झ्यारे उखेडा र पार्वती सुनारलाई लुगा, ओढ्ने सिरक र शैक्षिक सामग्री वितरण गरेको दारी ग्याङ सुदूरपश्चिमका संयोजक दिनेश बोहराले बताए ।
विभिन्न सामाजिक सञ्जालमा उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएको थाहा पाएपछि आफूहरूले सक्दो सहयोग गरेको दारी ग्याङ धनगढीका सदस्य महेन्द्र शाहीले बताए । एकल महिला समेत रहेकी उखेडाका दुई छोरा रहेका छन् । आर्थिक अवस्था नाजुक र स्वास्थ्य अवस्था पनि कमजोर हुँदा दैनिकी निकै कठिन भइरहेको अवस्थामा आफूले सहयोग पाउँदा निकै खुसी लागेको ओखेडाले बताइन् ।
शैक्षिक सामग्रीको अभावले पढाइमा निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्तामा रहेका ओखेडाका छोरा सरोजले शैक्षिक सामग्री पाउँदा खुसी व्यक्त गरे ।
यस्तै ७० बर्षीय वृद्ध सुनारले पनि लुगा, ओढ्ने सिरक पाउदा खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि उनिहरुको पढाइमा आवश्यक शैक्षिक सामग्री सहयोग गरिने दारी ग्याङ धनगढीले जनाएको छ । दारी ग्याङ धनगढी विगत पाँच वर्ष देखि विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.