Agni Offset Press

निर्मला हत्या प्रकरणमा पक्राउ परेका भारतीय नागरिक १ हजार धरौटीमा छुटे

Aarati simant

धनगढी : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा पक्राउ परेका भारतीय नागरिक एक हजार धरौटीमा छुटेका छन् । भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

हुसेनलाई निर्मला प्रकरणमै नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ । तर उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए । त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई पक्राउ गरेको थियो । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.