Agni Offset Press

गोदावरी नगरपालिका बडेहामा रहेको शैलेश्वरी माविको भवन उद्घाटन

Aarati simant

अत्तरिया, २३ पुस : कैलालीको गोदावरी नगरपालिका वडा नं ६ बडेहामा रहेको शैलेश्वरी माध्यामिक विद्यालयको ४ कोठे पक्की भवनको उद्घघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण गरिएको सो विद्यालयको २ तले ४ कोठे नवनिर्मित भवनको बिहिबार एक समरोहका बी उद्घाटन गरिएको हो ।
भवनको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश सांसद रहेका बेला राज्यमन्त्री चौधरीको पहलमा विद्यालयको नयाँ भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रलायले आर्थिक बर्ष २०७७÷०७८ को अनुदान रकम छुट्याएको थियो । कुल ३८ लाख बजेटमा बनेको उक्त भवनको २०७७ साल माघ १२ गते राज्यमन्त्री चौधरीले नै शिलन्याश गरेकी थिइन् ।
यस्तै सोही नयाँ भवनमा स्थापना गरिएको प्रबिधिमैत्री विद्यलयको लागि ईन्टरनेट, प्रोजेक्टर र ल्यापटप जडान गरि आईसीटीको माध्यामवाट पठनपाठनको सुरुवात गर्न र सुबिधायुक्त बिज्ञान प्रयोगशालाको पनि उद्घाटन गरिएको छ ।
प्रदेश सरकारको थप ५ लाख बजेटमा स्थापना गरिएको प्रबिधिमैत्री र विज्ञान प्रयोगशालाको मन्त्री सोडारी र राज्यमन्त्री चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन बोल्दै मन्त्री सोडारीले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले भौतिक संरचना निर्माण देखि अन्य थुप्रै कामहरु गरिरहेको बताए । उनले यस क्षेत्रको पुराना विद्यालयका रुपमा रहेको शैलेश्वरी माध्यामिक विद्यालयको अध्यक्षमा खम्ब बुढा आएपछि थुप्रै राम्रा कामहरु भएको बताए ।
प्रदेश सरकारले देखिने गरि काम गरिरहेको बताउदै उनले शैलेश्वरी माध्यामिक विद्यालयको विकासका योजनाहरु आगामी बजेटमा पनि समाबेश गरेर बजेट बिनियोजन गरिने बताए । फरक प्रशंगमा उनले प्रदेशको राजधानी गोदावरी नगरपालिकामै तोकिएपनि जग्गा प्राप्तीमा भएको ढिलाईका कारणले राजधानीका लागि भौतिक संरचनाहरु बन्न नसकेको बताए । उनले राजधानी तोकिएको क्षेत्र बनको क्षेत्र भएकाले पनि संघीय सरकारवाट जग्गा प्राप्ती नहुदाँ सम्म काम अगाडि बढ्न नसकेको उनको भनाई छ । सोही कार्यक्रममा राज्यमन्त्री चौधरीले विद्यालयमा भवन अभावका कारण समस्या भएको र नयाँ भवन निर्माणका लागि माग भई आएपछि आफूले प्रदेश सरकारवाट बजेट छुट्याउन लगाई नयाँ भवन निर्माण गरिएको बताइन् ।
उनले विद्यालयाकोे भवन निर्माणका लागि ३८ लाख र विज्ञान प्रयोगशाला र प्रविधिका लागि बाकी ५ लाख गरि ४३ लाख रुपैया बजेट बिनियोजन गरिएको बताइन् । उनले सबैको प्रमुख आवश्यकताको बिषय शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म गाउँ, समाज र देशको विकास हुन नसक्ने भएकाले सबै भन्दा पहिला मानवजाति शिक्षित हुनुपर्ने बताइन् ।
विद्यालयमा प्रदेश सरकारको बजेटवाट ४ कोठाको २ तले पक्की भवन बनेपछि विद्यालयको स्तरोउन्नतीका लागि थप सहज भएको विाद्यालय व्यवस्थापन समितिका अध्यक्ष खम्ब बुढाले बताए । उनले २०१७ सालमा स्थापना भएको शैलेश्वरी माध्यामिक बिधालयमा अहिले जनशक्तिको अभाव हुदाँ निजि स्र्रोतवाट शिक्षकहरु राखेर पठनापाठन गराइरहनु परेको बताएका छन् । उनले प्रदेश सरकारवाट धेरै सहयोग पाएकाले अझै यहाँ समस्याहरुमा प्रदेश सरकारका मन्त्रीहरुले सहयोग गर्नेमा आफूहरु आशावादी रहेको उनले बताए ।
उद्घाटन कार्यक्रममा ४ जना शिक्षाप्रेमी समाजसेवीले विाद्यालयमा गरिब, विपन्न र जेहेन्दार बिधार्थीहरुलाई छात्राबृति प्रदान गर्ने उद्देश्यका साथ अक्षय कोषको पनि स्थापना गरेका छन् । अक्षय कोषको पनि स्थापना गर्नेहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.