Agni Offset Press

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बार्ता

Aarati simant

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहान साढे १० बजे प्रधान मन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेको हुन् ।

एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधान मन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उनका अनुसार प्रधान मन्त्री देउवा संसद् अवरोध खुलाउने विषयमा ओलीसँग छलफल गरिरहेका छन् । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधान मन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो । यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.