
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न शनिबार गोदावरी नगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोग बिच पुनः सम्झौता भएको छ । आयोगमार्फत यसअघि भएका कामलाई पुनः अगाडि बढाउन नगरपालिका र आयोग बिच सम्झौता भएको हो । नगरपालिका र आयोगबिच आयोगको कार्यालय काठमाण्डौंमा सम्झौता भएको छ । सम्झौता मेयर हरिसिंह साउँद काठमाण्डौँ पुगेका थिए
केन्द्रमा सरकार परिवर्तन भएसंगै प्रधानमन्त्री सेर बहादुर देउवा नेतृत्वको सरकाले साउन १९ गते मन्त्रिपरिषद् बैठकबाट भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेकापछि गोदावरीमा पनि आयोगका सबै काम रोकिएको थिए ।
पुनः देउवा सरकारले भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि आयोगका काम अगाडि बढेका छन । यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको आयोग संग गोदावरी नगरपालिकाले २०७७ पुस २ गते सम्भौता गरेको थियो । जसअनुसार अत्तरियामा भूमि सम्बन्धी समस्या समाधान आयोग लागत संकलन एकाई स्थापना गरी आयोगका अध्यक्ष ज्ञवालीले नै उद्घाटन गरेका थिए ।
उक्त सम्झौता अनुसार नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम गरिएको थियो । जसअनुसार गत बर्षको फागुन ४ गतेदेखि भएको लगत संकलनमा नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ ।
