एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा र चन्द प्यानल सहित चुनावी मैदानमा

अत्तरिया : नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कैलालीमा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो। वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। थापा प्यालनबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर बिक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेद्वार रहेका छन्।

त्यस्तै, वर्तमान उपाध्यक्ष चन्द प्यानलबाट उपाध्यक्षमा सिताराम बुढाथोकी, सचिवमा डेजी पाण्डे र उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्र शाही उम्मेद्वार रहेका छन्। यसअघि थापा, चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले पनि अध्यक्षमा दाबी गरिरहेका थिए । प्यानलसहित चुनावमा जाने तयारी भएपछि पाण्डेले उपाध्यक्ष चन्दलाई अध्यक्षमा समर्थन गर्ने घोषणा गरेका छन्। कैलालीमा २२ हजार बढी संगठित सदस्य छन्। आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन्।
आईतबार मतदान

जिल्ला अध्यक्ष लगायतका पदाधिकारीमा सहमती जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको छ । निर्वाचन कमिटीले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । आइतबार बिहान ८ः ३० बजेदेखि १ः ३० बजेसम्म मतदान हुने र दिउँसो ३ बजेबाट मतगणना शुरू प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.