सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमको सरुवा

धनगढी : सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको सरुवा भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा कार्यरत गौतमको आज सरुवा भएको हो।

आइतवार प्रहरी प्रधान कार्यालय एक सूचना जारी गर्दै सरुवाको जानकारी दिएको हो। गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ। उनको ठाउँमा अब प्रविण धिताल आउने भएका छन्। धिताल यसअघि नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.