जोशीपुरमा जेष्ठ नागरिकहरुलाई सम्मान

जोशीपुर : कैलालीका जोशीपुर गाउँपालिका वडा नम्बर एक का जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जोशीपुर गाउँपालिका वडा नं. १ को आर्थिक सहयोगमा जेष्ठ नागरिक तथा अपाङ्गताहरुलाई न्यानो कम्मल सहित सम्मान गरिएको छ ।
वडा सदस्य रामजानकी डगौराको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा वडा रहेका जेष्ठ पुरुस वृज लाल डगौरा ९८ वर्षीय तथा ९८ की महिला मंगनी डगौरा लाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो । जेष्ठ नागरिक अपाङ्गहरुलाई सम्मान कार्यक्रममा वडाध्यक्ष विधिराम चौधरीले जाडोयामको समयमा उमेर ढल्केका जेष्ठ नागरिक अपाङ्गताहरुलाई थप स्याहार सुसारको आवश्यकता भएको बताए । उक्त वडामा रहेका २४४ जना जेष्ठ नागरिक अपाङ्गहरुलाई ब्ल्यांकेट दिएर सम्मान गरिएको छ । जेष्ठ नागरिक तथा अपाङ्गहरुले आफूहरुले न्यायो कम्मल पाउँदा आफू खुशी हुँदै जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका छन् ।
वडाध्यक्ष विधिरामको सभा अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सविधानसभा सदस्य बुद्वीसागर चौधरी रहेको कार्यक्रमका, विशिष्ट अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, पूर्व जिल्ला उपसभापति वीरबहादुर हमाल रहेका थिए । यस्तै वडा सदस्य मानबहादुर डगौरा, रामप्रसाद चौधरी, रामजानकी डगौरा, शर्मीर्ला डगौरा, ईलाका प्रहरी कार्यालय जोशीपुर प्रमुख नरेशकुमार ढकाल, पुर्व गाविस अध्यक्ष टीकाराम महतो, खानेपानी तथा सरसफाई समिति कोषध्यक्ष सरस्वती श्रेष्ठ र पत्रकार लगायतको उपस्थिथि रहेको थियो ।
सम्मान कार्यक्रमको संचालन पत्रकार धर्मेन्द्र बिष्टले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.