
अत्तरिया, २५ पुस : धनगढी सम्पन्न प्रजातान्त्रिक वनप्राविधिक संघ–नेपाल सुदूरपश्चिम अध्यक्षमा रामऔतार चौधरी चयन भएका छन् । धनगढी सम्पन्न प्रथम अधिवेशनमा औतारको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको पदाधिकारीहरुमा उपाध्यक्षमा केशवकुमार मलाशी, विश्वराज पण्डित, धनशेर थापा, टंक रावल, राममिलन राना, अनिशा मरहट्टा सचिवमा हेमचन्द्र जोशी, सह–सचिबमा नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी कोषाध्यक्षमा टेकेन्द्र शाह छन् । सदस्यहरुमा दिपकबहादुर खड्का, योगेन्द्र सिंह, कमलेश कुश्मी, ताहाहुसैन मिकरानी, जिवन यादव, अनिल सिंह, दानबहादुर थापा, पुरनदेव मिश्र, जानकी भण्डारी र निमबहादुर चौधरी निर्वाचित भएका छन ।
प्रथम अधिवेशन प्रदेश उपाध्यक्ष केशव मलाशीले वन क्षेत्रको विकास तथा समृद्धिका लागि सबै क्षेत्रको प्रतिनिधित्व समितिमा समावेश गरिएको र आगामी दिनमा वन क्षेत्रका विविध सवालहरुलाई उठान गरी अगाडि बढने बताए ।
प्रदेशस्तरीय प्रथम अधिवेशनमा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री एनपी साउँदको प्रमुख अतिथिका सम्पन्न भएको हो । यस्तै विशिष्ट अथिति रुपमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव देवेशमणी त्रीपाठी, काँग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, केन्द्रीय सदस्य सुशिला भट्ट लगायतका विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
