
बैतडी : नेकपा एमाले बैतडीको अध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको एमाले बैतडीको अधिवेशनमा दुई दिनको रस्साकस्सिपछि अध्यक्षमा पुनः पाल सहमतीमा चयन भएका हुन । उनी यस अघि पनि अध्यक्षमै रहेका थिए । अध्यक्षमा दाबी गरिरहेका गोरखबहादुर चन्दले सहमती गरेपछि पाललाई अध्यक्ष घोषणा गरिएको एमाले बैतडीले जनाएको छ ।
यस अघि दुई पक्ष बीच निर्वाचन नै हुने कार्यतालिका सार्वजनिक गरेको थियो । पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन छ । यस्तै उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएका छन् ।
