
सुदूरपश्चिम विश्वविद्यालयका चालु परीक्षा नरोकिने

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयमा चलिरहेका परीक्षाहरु सामाजिक दुरी कायम गरेर सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ । सरकारले आज २५ जना भन्दा बढी भीडभाड गर्न नपाईने र माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि विश्वविद्यालयले परीक्षा नरोकिने जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिंह नाथले चालु अवस्थामा रहेका परीक्षा सामाजिक दुरी कायम गरेर निरन्तर हुने बताए । अहिले सञ्चालन भइरहेका परीक्षा रोकिदैनन सामाजिक दुरी कायम गरेर सञ्चालन गछौ ।’ परीक्षा नियन्त्रक नाथले भने ।
