धनगढी : नेपाल ईन्जिनियर्स एशोसियसन केन्द्रीय तथा सुदूरपश्चिम कार्यकारिणाी समितिमा प्रजातान्त्रिक समुहले उम्मेदवारी घोषणा गरेका छन् । यहि माघ ७ गते हुन लागेको केन्द्रको १३ औ तथा प्रदेशको दोस्रो अधिवेशनमा सो समुहले प्यानल बनाई उम्मेदवारी दिने घोषणा गरेका हुन ।
धनगढीमा आइतबार एक समारोहको आयोजना गर्दै केन्द्रिय अध्यक्षमा सो समुहबाट अध्यक्षमा डाक्टर हरिबहादुर दर्लामीले उम्मेदवारी घोषणा गरेका हुन । उनको समुहबाट उपाध्यक्षमा डाक्टर नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारीले उम्मेदवारी दिने घोषणा गरे ।
यस्तै सदस्यमा सुरज चापागाई, सागर भट्टराई, विनोदबहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, हरिनारायण यादव, खुम बहादुर भण्डारी र बिधा बरालले उम्मेदवार रहने छन ।
यस्तै परिषद सदस्यमा होमनाथ पोख्रेल, पोषण थापा, राजन लामा, भरत रेग्मी र हरिलाल दवाडी रहेका छन ।
प्रदेशको दोस्रो अधिवेशनमा प्रदेश अध्यक्षमा प्रदिपकुमार पन्तको दाबी रहेको छ । उनको समुहबाट केन्द्रिय सदस्यमा रणबहादुर बम, उपाध्यक्षमा भाषकर चटौत, सचिवमा पदमबहादुर मडै, सहसचिवमा राजेन्द्रबहादुर साउद र कोषाध्यक्षमा विरबहादुर भाट रहेका छन । सदस्यमा रमेश बोहरा, खग्रेन्द्र अवस्थी, हरेन्द्रविक्रम शाह, उमेशसिंह कठायत, कपिलदेव भट्ट, गोविन्द भट्ट, जानकी बडैला, राजेन्द्र नाथ, सरोज शाह र देवीराज न्यौपाने रहेका छन् । सो समुहले विभिन्न नारा बोकेर देशव्यापी रूपमा प्रचार प्रसारमा रहेको छ ।