Agni Offset Press

हिमशिखर सहकारीको अध्यक्षमा पुनः भण्डारी

Aarati simant

धनगढी, २६ पुस : हिमशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुन दुर्गाप्रसाद भण्डारी चयन भएका छन् ।
धनगढी उपमहानगरपालिका–५, तारानगरमा मुख्य कार्यालय रहेको सहकारीको आईतबार सम्पन्न १३ औं साधारण सभाले दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा ११ सदस्ययीय समिति चयन गरेको हो ।
सहकारीको योभन्दा अघि ९ सदस्यीय सञ्चालक समिति रहेको थियो । साधारण सभाले सञ्चालक समितिको उपाध्यक्षमा पुन रोशन सिंह, सचिवमा विमलकुमार जोशी, कोषाध्यक्षमा लक्ष्मीराज भट्टलाई चयन गरेको छ । सञ्चालक समिति सदस्यमा पनि महेश जोशी, विष्णुदेवी पुरी र धिरेन्द्रबहादुर शाही चयन भएका छन् । सञ्चालक समितिको सदस्यमा तिलकबहादुर बोहरा, ऋषिकेश श्रेष्ठ, मेखराज भट्ट र पुष्पा देउवा पनि चयन भएका छन् ।
साधारण सभाले लेखा सुपरिवेक्षक समितिको संयोजकमा पुष्पराज ओझा तथा सदस्यमा निमप्रसाद मिश्र र खेमराज अवस्थीलाई चयन गरेको छ ।
हिजो १३ औं साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले गरेका थिए ।
दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक समिति सदस्य भोजबहादुर बम, जिल्ला सहकारी सँघ कैलालीका अध्यक्ष फणि सापकोटा, कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव विमलकुमार जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रोशन सिंहले गरेका थिए ।
१३ बर्ष अघि स्थापना भएको सहकारीले अत्तरिया र कैलारी गाउँपालिकाको हसुलियामा शाखा सञ्चालनमा ल्याएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.