Agni Offset Press

रेशमराज तिमिल्सैना हत्या मुद्दाका साच्छी मृत फेला, हत्याको आशंका

Aarati simant

अत्तरिया : अछाममा दुई महिना अघि हत्या गरिएको भनिएका रेशमराज तिमिल्सैनाको हत्या मुद्दाका साच्छी रहेका भानुभक्त तिमिल्सैना मृत फेला परेका छन् ।
जिल्लाको कमलबजार नगरपालिका ५ कुइकाका ३७ वर्षीय भानुभक्त तिमिल्सैनाको शव उनको घरबाट करिब ५ सय मिटरको दुरीमा भेटिएको हो। उनको हत्या भएको आफन्तहरुले दाबी गरेका छन् ।
उनी गत कार्तिक २ गते राति गैटाणमा हत्या गरिएका रेशमराज तिमिल्सैनाको मुद्दामा नेपाल सरकारतर्फका साच्छी रहेका थिए ।

रेशमराजको मुद्दाका साच्छीसमेत रहेका मृत भेट्निुले घटना थप संकास्पद देखिएको छ । शव भेटिएपछि सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ पुगेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.