![Agni Offset Press](https://agnisamachar.com/wp-content/uploads/2024/08/Agni-Offset-Press-scaled-1.jpg)
गोदावरी धाममा यस बर्ष धार्मीक मेला नलाग्ने
![Aarati simant](https://agnisamachar.com/wp-content/uploads/2022/07/Aarati-simant.jpg)
अत्तरिया : कैलालीको गोदावरी धाममा माग महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला यस बर्ष नलाग्ने भएको छ । मेला लाग्ने भनिएता पनि कोरोना संक्रमणले गर्दा स्थगित भएको हो । कोरोना माहामारीको तेस्रो लहर फैलिरहेको भन्दै धाम विकास समितिले स्थगित गरेको हो ।
समितीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णय बमोजिम कुम्भ मेलामा भिड हुन सक्ने भन्दै स्थगित गरेको हो । साथै उक्त अवधीमा गंगा पूजन ,कलश पूजन पंचाङ पुराण परायण ,लक्ष्य हवन लगायतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने समितिले जनाएको छ । हरेक बर्ष लाग्दै आएको गोदावरीको धार्मिक मेला ३ बर्ष देखि हुन सकेको छैन् ।
![Godawari Janhitma Jari Sandes](https://agnisamachar.com/wp-content/uploads/2024/08/galaxy-multiple-campus-add.jpg)