अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित, आयोजकको १५ लाख डुब्यो
अत्तरिया : कैलालीको अत्तरियामा लाग्ने भनिएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित भएको छ । उद्घाटनको पूर्व सन्ध्यामा महोत्सव स्थगित हुँदा आयोजक अत्तरिया उद्योग वाणिज्य संघको १५ लाख घाटा व्यहोर्नुपर्ने भएको हो ।
अत्तरिया उद्योग वाणिज्य संघले मङ्गलवार देखि आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित भएको हो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले भने ।, उद्घाटनको अन्तिम चरणमा आएर महोत्सव स्थगित गर्नुपरेको छ । सङ्घीय सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले बाट उद्घाटन गर्ने तयारी पूरा भएको थियो । तर,कोरोनाको तेस्रो भेरीयन्टलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरेका छौँ । यसबाट १५ लाख बराबर घाट हुने देखिएको छ ।
त्कठमाडौँ, सुर्खेत लगायतका ठाउँबाट व्यापारीहरू आफ्नो स्टल लिएर आइसक्नू भएको छ । हामीले प्रशासन सँग आग्रह पनि गर्यौँ आज हामी डेलिगेसन सहित कार्यसमितिको टिम सिडिओ साप सँग कुरा गर्न गएका थियौँ । हामी स्वास्थ्य मापदण्डका नियमहरू सबै पालन गर्छौँ । एउटा हेल्थ डेस्क राखेर स्वास्थ्य कर्मी सहितको व्यवस्था गर्छौ । भनी आग्रह गर्दा पनि स्थानीय प्रशासनले खासै चासो दिएन ।
कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् र उद्योग वाणिज्य संघ कोरोना फैलाउने कारण बन्यो भन्ने नपरोस् भन्नको निम्ति जनस्वास्थ्यको ख्याल गर्दै स्थगित गरिएको देवकोटाको भनाई थियो ।