अत्तरिया, २७ पुस : कैलालीको अत्तरियामा ७ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गोदावरी पत्रकार मञ्चको आयोजनामा यही पुस २० गतेवाट सुरु भएको ७ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिमको मंगलबार समापन गरिएको हो । गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टको सभापतित्वमा आयोजित समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले प्रमुख अतिथि थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, तालिमका प्रशिक्षक वरिष्ठ पत्रकार तथा साहित्यकार डा. टिएन जोशी र गोदावरी पत्रकार मञ्चका संरक्षक पदमा अस्पतालका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनी विशिष्ठ अतिथी रहेका थिए । कार्यक्रममा नगर प्रमुख साउँदले पत्रकारहरुले समाजका लागी सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । उनले पत्रकार बौद्धिक जगत भएकाले समाज परिवर्तनको लागी पत्रकारको भूमिका अहम रहने बताए ।
गोदावरी नगरपालिका भित्रका विद्यालयहरुमा पत्रकारीता बिषय पढाउनको लागी नगरपालिकाले कानुनमा नै उल्लेख गर्ने छ, मेयर साउँदले भने, यो कुरा म अब कार्यापालिकाको बैठकमा राख्ने छु ।’ यस क्षेत्रमा दक्ष पत्रकार उत्पादन गर्नको लागी नगरपालिकाले सहयोग गर्ने छ । कार्यक्रममा सहभागी प्रशिक्षक डा टिएन जोशीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्नेमा विाद्यर्थीहरुलाई सुझाब दिए । उनले पत्रकारिता क्षेत्रको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारले यसमा साथ र समर्थन दिनुपर्ने बताए । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले गोदावरी पत्रकार मन्चले गरेको कार्य सराहनिय रहेको भन्दै महासंघले मञ्चलाई सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य कैलाश जोशी, दुर्गा लक्ष्मी विद्यालयका प्राचार्य शिवराज जोशी, गोदावरी एफएमका प्रबन्ध निर्देशक तथा तालिमका प्रशिक्षक गोबिन्द रोस्यारा लगायतको सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई मञ्चले प्रमाण पत्र समेत वितरण गरेको हो । ७ दिन सम्म संचालन भएको तालिममा वरिष्ठ पत्रकार तथा साहित्यकार डा. टिएन जोशी , आर्थिक क्षेत्रमा लामो समय सम्म कमल चलाउदै आएका आर्थिक पत्रकार विरेन्द्र भट्ट, गोदावरी एफएमका प्रबनध निर्देशक गोदावरी रोस्यारा, नेपाल टेलिभिजनमा कार्यरत पत्रकार निर्मला खडायत र मञ्चका अध्यक्ष एबम् गोदावरी एफएमको समाचार शाखा प्रमुख हेमराज भट्टले प्रशिक्षण दिएका थिए । तालिममा दुर्गा लक्ष्मी नमुना मावि, एभरेष्ट एकेडेमी, लोटसआई र कैलाली मोडेल स्कूलवाट ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।