कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरमा जिल्ला कमिटी छनौटका लागि मतदान सुरु भएको छ । सहमतिमा नेतृत्व छनौटका लागि आज (मंगलवार) दिनभर जसो कसरत गरिएपनि सफल नभएपछि निर्वाचन प्रकृया अगाडि बढेको हो ।
५ बजेबाट मतदान सुरु भएको र ८ बजेसम्मको समय दिइएको निर्वाचन समितिका सदस्य दीपक भण्डारीले जानकारी दिए । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्ट प्यानलसहित प्रतिस्पर्धामा छन् । पातल प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार रहेका छन् । यस्तै सुरेन्द्र बिष्ट प्यानलको उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द चुनावी मैदानमा छन् । कूल ४ सय ९९ मतदाता रहेका छन् ।