जोशीपुर : कैलालीको जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०० औं पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) को अवसरमा विपन्न वर्गलाई राहत वितरण गरेको छ । कैलाली निर्वाचन क्षेत्र नं. १ (क) को आयोजनामा भएको कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नं. १ (क) भित्रका अति विपन्न २८ परिवारलाई एक एक वटा ब्लाङ्केट र एक सय विपन्न परिवारलाई १५र१५ केजि चामल वितरण गरेको छ । त्यस्तै कोरोना तथा ओमीक्रोनको महामारीबाट जनता जोगाउने उद्देश्यले जोशीपुर गाउँपालिका स्वास्थ्य शाखालाई १० केजि अक्सिजन सम्म उत्पादन गर्न सक्ने क्षमता भएको २ थान अक्सिजन कन्सल्ट्रेटर सिलिन्डर मेसिन पनि सोही कार्यक्रमका सभापति निर्वाचन क्षेत्र नं. १ (क) का अध्यक्ष भिमबहादुर बम र प्रमुख अतिथि राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी द्धारा स्वास्थ्य शाखा प्रमुख टेक बहादुर हमाललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा आयोजनले प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहलाई ३०० औं जन्म जयन्तीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेपाललाई हिन्दु राज्य घोषणा गर्नु पर्ने बताए । राष्ट्र निर्माता, जसले हामिलाई नेपाली हुनुको गौरव दियो त्यो ईतिहासलाई सम्मान दिन जरुरी हरेको पनि वनले बताए । दलित समुदायलाई ६० वर्ष र अन्य समुदायलाई ७० वर्षमा सरकारले सामाजिक सुरक्षा वृद्धा भत्ता दिनु अन्याय पूर्ण छ । सवै जातजाती समान हुनु पर्दछ भन्ने पनि प्रमुख अतिथिको बक्तव्य रहेको थियो । त्यस्तै विशिष्ट अतिथि पूर्व माननिय रामदुलारी चौधरीले प्रधान मन्त्री स्वरोजगार कार्यक्रम युवा लक्षीत नरहेको बताए ।
कठरिया होरी नाच, थारु मुंग्रहुवा नाच सहित ¥याली जोशीपुर बजार परिक्रमा भव्य रुपमा मनाइएको छ । कार्यक्रम संगै कैलाली निर्वाचन क्षेत्र नं। १ ९क० स्तरिय फुटवल, भलिबल र व्याडमिन्टनको पनि शुभारम्भ भएको छ । राप्रपा प्रदेश सदस्य पेरम सिंह कठरिया स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमलाई पत्रकार धर्मेन्द्र विष्टले सहजीकरण गरेका थिए ।
सम्बन्धित पाेस्टहरु