कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । बुधबार दिउँसो ४ बजेदेखि मत गणना सुरु भएको हो ।
४ सय ९९ मतदतामध्ये ४ सय ७० जनाले मतदान गरेका छन् । ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।
थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द, उपसचिवमा शेरबहादुर चन्द र इश्वरा कुँवर उम्मेदवार छन् । यसैगरी, बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द उम्मेदार छन् ।