धनगढी, २८ पुस : किराना व्यवसायी संघ कैलालीको अध्यक्षमा पुनः लक्ष्मणराज पन्त चयन भएका छन् । किराना व्यवसायी संघको बुधबार भएको चौथो साधारण सभा अधिबेशनबाट पन्त सर्वसम्मत चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा मिनबहादुर कुँवर, सचिवमा संगम पोखरेल, सहसचिवमा रमेश भाट, कोषाध्यक्षमा रामचन्द्र भट्ट निर्विरोध चयन भएको संघले जनाएको छ ।
यस्तै सदस्यमा टेकबहादुर खडरा, देवराज पाण्डेय, दुर्गा कुश्मी र पमानन्द भट्ट चयन भएका छन् । यस अघि एक कार्यक्रमका बीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले साधारणसभाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष कुँवरले व्यवसायीहरुको सहकार्य गरेर काम गर्नुपर्ने बताए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, कैलाली उद्योग वाणिज्य संघ सचिव सिद्धराज पनेरु, कैलाली विद्युत व्यवसायी संघका शिवराज फूलारा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका हुन् । कीराना व्यवसायी संघ सदस्य मोहनप्रसाद कापडीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा व्यवसायीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।