अत्तरिया, २८ पुस : गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशका सांसद डिल्लीराज पन्तको प्रमुख आथिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । संस्थाले आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्त सम्म करिब ८ करोडको वित्तिय कारोबार गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ करोड ९० लाख ८६ हजार ६ सय ५८ रुपैया बराबरको कारोबार गरेको हो । उक्त वित्तिय कारोबारबाट संस्थाले १५ लाख ५३ हजार ६ सय १ रुपैया खुद मुनाफा आर्जन छ । ३५ हजार शेयरपुँजीमा सुरु भएको संस्थामा हाल १ करोड २७ लाख ५६ हजार ३ सय रुपैया शेयरपुँजी रहेको छ ।
यसैगरी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ४ करोड ९२ लाख ५४ हजार ४ सय ३२ रुपैया निक्षेप संकलन गरेको छ भने ५ करोड ६१ लाख ६२ हजार २ सय २६ रुपैया कर्जा प्रवाह गरेको छ ।
संस्थाकी अध्यक्ष तुलसी देवकोटाको सभापतित्व कार्यक्र सम्पन्न भएको हो । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कर्ण बहादुर बोहराको समेत सहभागिात रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थाका शेयरसदस्य तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष देवकोटाले, संस्थागत प्रतिवेदन सचिव खिमादेवी ओझाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी भट्टले र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक देवी ओझाले प्रस्तुत गरेकी थिईन । कार्यक्रममा संस्था सञ्चालनका लागी सहयोग पु¥याउने व्यक्तित्व, ज्येष्ठ नागरिक, उत्कृष्ट बालबचत कर्ता, शेयरवृद्धि अभिकर्ता, मासिक वचतकर्ता, उत्कृष्ट ऋणी, सामाजिक अभियान्ता, कर्मचारीका साथै अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । संस्थाकी कोषाध्यक्ष लक्ष्मी भट्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव खिमादेवी ओझाले गरेकी थिईन ।