Agni Offset Press

जोशीपुरमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

Aarati simant

जोशीपुर, २८ पुस : कैलालीको जोशीपुरमा माघी मिलन तथा शुभकामना आदानप्रदान थारु सांस्कृतिक झाँकी कार्यक्रम सम्पन्न भएको छ । जोशीपुर गाउँपालिकाको आयोजना भएको कार्यक्रममा विभिन्न भाषाभाषिको पौराणिक नाच र गायन प्रस्तुती गरिएको थियो । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधिहरु, समाजसेवी, लगायत को सहभागिता रहेको थियो ।
जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले स्थानीय सरकार जोशीपुर गाउँपालिकाले ५ वर्षमा गरेको विभिन्न क्षेत्र विकास उदाहरणीय रहेको बताए । यहाँका भौतिक संरचना, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा स्थानीय सरकारले गरेको विकास प्रशंसानीय रहेको उनले बताए । कैलालीका सवै स्थानीयतहमा भन्दा कम बजेट पनि रहेको स्थानीयतह जोशीपुर गाउँपालिकाले विकासको क्षेत्रमा अगाडि रहेको पनि पुर्व मन्त्री चौधरी ले बताए ।

विशिष्ट अतिथि संविधान सदस्य बुद्धिसागर चौधरीले संविधानमा विविध समुदायको पहिचान झल्कीने साँस्कृति नाच संरक्षण गर्न पाउने अधिकार सुनिश्चित गरेकोले अहिले गाउँगाउँमा रहेको सिंह दरवारले आफ्नो पौराणीक, परम्परागत, संस्कृति झल्कीने नाच संरक्षण तथा प्रबद्र्धन गर्ने अवसर प्राप्त भएको बताए । गाउँपालिका उपाध्यक्ष गिता कठरियाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा थारु महालोक गायक मनिराम करियामघरियाको प्रस्तुती लगायत मंग्रहुवा नाच, कठरिया होली नाच, धमार गित पनि प्रस्तुत गरिएको थियो । औपचारीक कार्यक्रमलाई थमराज जोशी र संस्कृति कार्यक्रमलाई गायक खुशी रत्गैंयाले सहजिकरण गरेका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.