अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः नन्दलाल भट्ट निर्विरोध चयन भएका छन । बुधबार कृषि उपज थोक बजारमा भएको भेलाले अध्यक्षमा पुनः भट्टलाई चयन गरेको हो । भट्ट स्थापना कालदेखि समितिको अध्यक्ष रहेका छन । भट्ट कृषक प्रतिनिधिबाट अध्यक्षमा निर्वाचित भएका हुन ।
यस्तै समितिको सदस्यमा व्यवसायीक तर्फबाट हरिदत्त भट्ट, तेजराज पनेरु, अमर सिह महरा, कृषकको तर्फबाट डिल्ली राज जोशी र महिला सदस्य मन्तोरा राना चयन भएका छन । निर्वाचित पदाधिकारीलाई बिहिबार प्रमाणपत्र वितरण गरिएको छ । प्रमाण पत्र गोदावरी नगरपालिकाका नगरप्रमुख हरीसिंह साउँदले वितरण गरेका हुन् ।
निर्वाचन अधिकृत छेदीप्रशाद यादवले समितिमा थप ४ जना पछि मनोनित गरिने जानकारी दिए । स्थानीय निकायका प्रतिनिधि १ जना, कृषि÷पशु कार्यालय अधिकृत १ जना, जिल्ला समन्वय समितिबाट १ जना र बजार व्यवस्थापक सदस्य सचिव रहने व्यवस्था छ ।