नेकपा एमाले कैलालीका इन्चार्ज रानालाई कोरोना पुष्टि
अत्तरिया : नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि हो ।
कोरोना संक्रमण भएपछि एमाले जिल्ला अधिवेशनमा सम्पर्कमा रहेका नेता–कार्यकर्ताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । रानाका स्वकीय सचिव कमल रानाका अनुसार उच्च ज्वरो आएपछि परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो। उनी होम आइसोलेसनमा बसेका छन् ।