धनगढी : कैलालीको जोशिपुर गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा गाउँपालिका पूर्णअशक्त र अतिअशक्त अपांगता भएका ७८ जना नागरिकहरुको घर दैलोमा नै पुगी कोरोना विरुद्धको खोप सेवा ५० जनाको अवस्था अध्ययन र घर टोलमा नै अपांगता परिचयपत्र वितरण गरेको छ ।
कर्डएड, लुथरन विश्व फेडरेसन नेपाल, दिगो विकास समाज भजनी र सर्वाङिण अपांगता विकास समाज नेपालको संयुक्त साझेदारीमा, अशक्त असहाय पूर्ण अपांगता नागरिकलाई सेवा दिएको उक्त कार्यक्रमका प्राविधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए । ३ दिन ७ वडामा निरन्तर अभियान संचालन असहाय अपांगता भएका नागरिक लाभान्वित भएका छन ।
उक्त खोप अभियानको मिति २०७८ पुस २७ गतेका दिन जोशिपुर गाउँपालिका उपाध्यक्ष गिता कठरिया र सर्वाङिण अपांगता विकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट र फिल्ड सहज कर्ता ईन्द्रबहादुर पाली द्वारा सुरुवात गरिएको कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख, महिला विकास शाखा प्रमुख ले दिगो विकास समाज र सर्वाङिण अपांगता विकास समाजले गाउँपालिकामा रहेकका अपांगता नागरिकहरुको लागि महत्वपूर्ण कार्यक्रम ल्याउने र सेवा जनताको घर दैलोमा गइ दिने काम सह्रानिय र प्रशसनिय रहेको बताईन् ।
समाजमा रहेका असहाय बर्गलाई अपेक्षाकृत अनुसार खोप लगाउन नसकी रहेको अवस्थामा यो अभियान बाट जनतालाई घर दैलोमा परिचयपत्र र अवस्था अध्ययन सहितको सेवा दिनु महान तथा अनुकरनिय कार्य हो । कार्यक्रमलाई पालिकामा ल्याउनुहुने संस्थालाइ हार्दिक धन्यवाद सहित पालिकाको तर्फबाट यस्तो महान तथा अनुकरनिय कार्यक्रम गर्न आउनु हुने सधैं तत्पर र सह्योगी भुमिकामा रहने गाउँपालिका उपाध्यक्ष गिता कठरियाले प्रतिबद्धता व्यक्त गरिन् ।