Agni Offset Press

गोदावरी नगरद्वारा महिलालाई गिट्टि कुट्ने सामग्री वितरण

Aarati simant

अत्तरिया, २९ पुस : खुटिया नदी किनारमा गिट्टि कुटेर जिविकोपार्जन गर्ने अति विपन्न व्यक्तिहरुलाई गिट्टि कुट्ने सामग्री वितरण गरिएको छ । कैलालीको गोदावरी नगरपालिकाको महिला शाखाले बिहिबार एक कार्यक्रमको आयोजना गरी वडा नं. ८ र ९ का गिट्टि कुटेर जिवन निर्वाह गर्ने ३१ जनालाई सहज सामग्री वितरण गरेको हो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उनले गिट्टि कुट्ने महिलाहरुलाई कृषि कार्यमा उन्मुख गराई स्वरोजगार बनाउन सामग्री सहयोग गरेको बताए ।
गिट्टि कुट्ने काम मात्र नभई केही नयाँ व्यावसायीक ईलमहरु गर्न उनले महिलाहरुलाई आग्रह पनि गरे । गिट्टि कुट्नमा गरिने मेहनत कृषि कार्यमा गरे दोब्बर प्रतिफल प्राप्त हुन सक्ने बताउदै उनले गिट्टि कुट्नु भन्दा आय आयआर्जन मुलक कार्य गर्दा भविष्यलाई पनि राम्रो हुने उनले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा ३१ जनालाई गिट्टि कुट्ने सामग्री वितरण गरेको छ ।
नगरपालिकाकी महिला शाखा प्रमुख गोदावरी धामीले गिट्टि कुट्ने महिलाहरुलाई आयआर्जनमा सहजता होस भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताईन । चालु आर्थिक वर्षमा अति विपन्न गिट्टि कुट्ने महिलाहरुलाई आयआर्जन सचेतना तथा सामग्री वितरण शिर्षकमा छुट्याईएको ३ लाख बजेटबाट नगरपालिकाले सामग्री वितरण गरेको हो । नगरपालिकाले वितरण गरेको सामग्रीहरुमा हथौडा, चस्मा, बेल्चा, फरुवा, कुटो, छाता, टिफिन डब्बा, पञ्जा, जाली, प्लाष्टिक बाटा, प्लाष्टिक पिर्का, सेनिटाईजर र मास्क रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी, कार्यपालिका सदस्य गणेशी विसि, साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरका अध्यक्ष रामप्रसाद चौधरी लगायतको सहभागीता रहेको थियो । वडा नं. ९ का वडाध्यक्ष लहानु चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला शाखाकी कर्मचारी प्रेमा बडुले गरेकी हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.