सुदूरपश्चिममा एकैदिन ३१८ जनामा कोरोना संक्रमण
अत्तरिया : सुदूरपश्चिम प्रदेशमा आज एकैदिन थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परीक्षणबाट ६३ जनामा र एन्टिजेन परीक्षणबाट २५५ जनामा संक्रमण पुष्टि भएको हो। बिहीबार २ हजार २ सय ५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। बिहिबार संक्रमण पुष्टि भएका तीन सय १८ जनामध्ये दुई सय २७ जना आजै भारतबाट आएका नागरिक हुन्।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १ सय ११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १ सय ५, पुलघाटबाट फर्केका ५ जना र झुलाघाटबाट फर्केका ६ जनामा संक्रमण पुष्टि भएको हो। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ।