Agni Offset Press

सुदूरपश्चिममा माघ २ गते माघीको सार्वजनिक बिदा

Aarati simant

धनगढी : सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा हुने भएको हो ।
उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ। माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । विगतदेखि ने थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.