धनगढी, ३० पुस : सुदूरपश्चिम प्रदेशको धनगढीमा साथीमार्टको चौथो शाखा शनिबारबाट सञ्चालनमा आउने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा चौथो शाखा सञ्चालनमा आउन लागेको शाखाका प्रमुख प्रकाश शाहले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
डेढ करोडको लगानीमा साथी मार्टको चौथो शाखाका रूपमा सञ्चालनमा आउन लागेको सम्मेलनमा उनले जानकारी दिए । सेवाग्राहीलाई मध्यनजर गर्दै सो मार्टको शाखा विस्तार गर्न लागेको जनाएको छ । सो शाखाको शनिवार प्रदेशका वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । देशभर मार्टका ९० वटा शाखा सञ्चालनमा रहेका छन् ।
सुदूरपश्चिममा हाल धनगढीको उतरबेहडी,मिलन चोक र पहाडी जिल्ला दार्चुलाको एक स्थानबाट सेवा दिइरहेको छ । भान्सामा चाहिने सम्पूर्ण सामान एकै छानामुनि रहेको बताउँदै सञ्चालक शाहले एक पटक सेवाको मौका लिन समेत आग्रह गरेका छन् ।
अबको एक वर्ष भित्र करिब दुई सय शाखा विस्तार गर्ने योजना रहेको मार्टले जनाएको छ । जसमध्ये सुदूरपश्चिममा २५ स्थानमा शाखा सञ्चालनको तयारी थालिएको समेत शाहले जानकारी दिए। सातै वटै प्रदेशमा रहेको साथि मार्टका आफ्नो उत्पादन समेत क्रिक्रि गर्ने गरेको छ । मार्टमा २५ छुट र होम डेलिभरीको समेत व्यवस्था रहेको शाहले जानकारी दिएका छन् । मार्टका जुन सुकै आईटमहरु सिधैँ कम्पनीबाट नै खरिद हुने गरेको शाहले बताएका छन् ।