Agni Offset Press

धार्मीकस्थल गोदावरीमा माघी स्नानको लागी चहलपहल

Aarati simant

अत्तरिया : कैलालीको गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागी स्नान कुण्ड सहित अन्य धार्मिक संरचनाहरु तयार भएका छन् । यस्तै गोदावरी क्षेत्रमा रङरोगन र सरसफाई पनि गरिएको छ । हरेक ६ बर्षमा लाग्ने अर्ध कुम्भ मेला भने यो बर्ष कोरोना माहामारीको कारण स्थगित गरिएको छ । माघको पहिलो दिन अर्थात भोलीपल्ट गोदावरीमा कैलाली कन्चनपुर सहित पहाडी जिल्लाहरुबाट ठुलो सँख्यामा श्रद्धालुहरु गोदावरीमा आउने गर्दछन ।

माघीकै अबसरमा यँहा किनमेल गर्ने बजार पनि लागेको छ । रातभर गोदावरीमा जाग्राम बसेर भोली बिहान स्नान गर्ने प्रचलन रही आएको छ । अहिले पनि गोदावरीमा श्रद्धालुहरु को चहलपहल बढेको गोदावरी धाम बिकास समितीका सदस्य लक्ष्मण ऎर ले जानकारी दिए । अर्ध कुम्भ मेला स्थगित गरिएपननि उक्त अबधीमा गंगा पूजन ,कलश पूजन पंचाङ पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने समितीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.