आज सार्वजनिक विदा
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा आईतवार सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार विदा दिइएको जानकारी दिए ।
जोशीका अनुसार माघ संक्रान्तिमा संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले आइतबार थप एक दिन सार्वजनिक विदा दिएको हो ।