Agni Offset Press

कैलाली, कञ्चनपुरमा मंगलबार सम्म बाक्लो हुस्सु

Aarati simant

अत्तरिया : कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लामा लागेको हुस्सु मंगलबार सम्म कायम रहने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाँशाखाका अनुसार मंगलबार दिउँसो हुस्सु फाटेर केही समय घम लाग्ने सम्भाना भएपनि आइतबार र सोमबार भने बाक्लो हुस्सु कायमै रहेन छ ।

हुस्सुका कारण तराईको तापक्रम घट्ने मौसम विद सान्ति कडेलले बताइन् । ‘पश्चिम वायुका कारण तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ, मौसम विद कडेलले भनिन्, ‘यो प्रक्रिया मंगलबार सम्म जारी रहेने छ, मंगलबार देखि दिउँसो केही समय घाम लाग्ने छ ।’

लगातार हुस्सु लागेपछि तराईको अधिक्तम तापक्रम घट्दोक्रममा छ । तर न्युनतम तापक्रम भने यथावत रहने मौसमविद कडेलले बताइन् । उनका अनुसार तराईमा हुस्सु लागेपनि शितलहर भने चलेको छैन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.